भीमफेदी–कुलेखानी–फाखेल सडक सञ्चालन

मकवानपुर।पहिरोका कारण आज बिहादेखि अवरुद्ध हेटौंँडा–कुलेखानी–फाखेल भएर काठमाडौँ जाने सडकमा पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार हेटौँडा कुलेखानी फाखेल भएर काठमाडौंँ जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ मा सडकमाथिबाट लेदोसहितको पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । प्रहरी, सडक डिभिजन कार्यालय र स्थानीय तहसँग समन्वय गरी पहिरो पन्छाएर आवागमन नियमित गरिएको हो ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ३ : ५८ बजे