खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

राष्ट्र बैंकको थापाथलीमा रहेको भवनको पुनर्निर्माण सम्पन्न 

काठमाडौँ । २०७२ सालमा आएको भूकम्प क्षत्विच्छेद् भएको नेपाल राष्ट्र बैंकको थापाथलीस्थित भवन पुनर्निर्माण हालै सम्पन्न भएको छ । भवन निर्माणको जिम्मा पाएको समानान्तर जेभीले उक्त भवन निर्माण सम्पन्न गरेको हो ।

२०७५ फागुनमा तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उक्त भवनको ठेक्का लगाएको थियो भने तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालले २०७५ असोज ५ गते शिलान्यास गरेका थिए । 

कुल ४२ रोपनी तीन आना दुई पैसा क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा बनेको ६ तले उक्त भवन निर्माणका लागि समानान्तरसँग एक अर्ब ७७ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

उक्त भवन राष्ट्र बैंक व्यवस्थापनलाई औपचारिक रूपमा छिटै हस्तान्तरण गर्ने तयारी गरिएको बुझिएको छ । 

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  २ : ५४ बजे