तीन प्रदेशमा वर्षाको सम्भावना

सुकिला नोट चाहियो ? कुमारी बैंकका शाखामा सम्पर्क राख्नुस् 

काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्ना विभिन्न शाखाहरूमा दशैंका लागि सुकिला नोट साट्ने व्यवस्था मिलाएको छ । बैंकले ५, १०, २०, ५० र १०० दरका नोट सर्वसाधारणमा सटही सुविधा दिन लागेको हो । 

बागमती प्रदेशका पुतलीसडक, शत्तीगौडा, बानेश्वर, सिफल, बसुन्धरा, लालदरबार, कुमारीपाटी, न्युरोड, कालीमाटी, ब्यासी, पेप्सीकोला र हाकिमचोक शाखाबाट सुकिला नोट साटिने बैंकले जनाएको छ । 

कोशी प्रदेशको विराटनगर, इटहरी र बिर्तामोड शाखाबाट सुकिला नोट पाइन्छ भने मधेस प्रदेशको बरहथवा, मलंगवा, लहान शाखाबाट पाइन्छ । 

गण्डकी प्रदेशको दमौली, आँबुखैरेनी, पोखरा, चिप्लेढुंगा, बागलुङ र गैँडाकोट शाखाबाट सुकिला नोट साट्ने व्यवस्था मिलाइएको छ । लुम्बिनी प्रदेशको नेपालगञ्ज, घोराही, सिद्धार्थनगर, ट्राफिक चोक बुटवल, तुलसीपुर, कर्णालीको सुर्खेत वीरेन्द्रनगर र सुदूरपश्चिमको धनगढी, अत्तरिया र कञ्चनपुर शाखाबाट सुकिला नोट साटिने बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १ : ०६ बजे