दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

सिहंदरबारमा सभामुखसँग दलका प्रमुख सचेतक र सचेतकको बैठक सुरु

काठमाडौँ । सभामुख देवराज घिमिरेले बोलाएको राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरूसँग बैठक सुरु भएको छ ।

सभामुखले संसद्को गतिरोध हटाउन बैठक बोलाउनुभएको हो ।

सिंहदरबारमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकरसचेतकहरूसँग सभामुख घिमिरेले छलफल सुरु गर्नुभएको छ ।

ुहिंसाु शब्द असंसदीय नरहेको सभामुखको रुलिङपछि माओवादी केन्द्रले संसदको बैठक अवरुद्ध गरिरहेको छ ।

सभामुखले भदौ २६ गतेको बैठकमा नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले भदौ १२ गते प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द हटाउन नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गरेको नियमापत्तिको निर्णय गर्नुभएको थियो ।

निर्णयमा असहमति जनाउँदै माओवादी केन्द्रले गत बुधबारको संसद अवरोध गरेका थिए । माओवादी केन्द्रले ुहिंसाु शब्द बारे सभामुखले गरेको निर्णय फिर्ता नलिएसम्म संसदको अवरोध जारी रहने निर्णय गरेको छ ।

माओवादी केन्द्रले आजको बैठक पनि अवरोध गर्ने निर्णय गरेपछि सभामुखले छलफल गर्न लागेको उहाँको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  १२ : १४ बजे