झ्याप्लेखोलाबाट २५ शव निकालियो

एमाले कर्णाली प्रदेश कमिटीको बैठक बस्दै 

काठमाडौँ । आगामी माघ ८ गते हुने प्रदेश अधिवेशनको तयारीका बारेमा छलफल गर्न नेकपा एमाले प्रदेश कमिटीको बैठक बस्दै छ । 

केन्द्रीय कार्यालयको परिपत्रअनुसार पुस २३ गतेको जिल्ला अधिवेशन र माघ ८ गतेको प्रदेश अधिवेशनको तयारीका बारेमा छलफल गर्न कर्णाली प्रदेश कमिटीको बैठक बस्न लागेको हो ।

आजको बैठकले प्रदेश कमिटीको अधिवेशनका लागि मुल आयोजक समिति गठन गर्नेछ भने पुस २३ गते भित्र गर्नुपर्ने जिल्ला अधिवेशनका लागि आवश्यक निर्णय लिने केन्द्रीय सदस्य विष्णु रिजालले  जानकारी दिनुभयो । 

एमालेको हालै बसेको दोस्रो केन्द्रीय समिति बैठकले  पुस २३ गते  जिल्ला र माघ८  गते प्रदेश अधिवेशन गर्न निर्देशन दिएको थियो  । 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १२ : ११ बजे