झ्याप्लेखोलाबाट २५ शव निकालियो

तिक्तता बिर्सेर एमालेलाई बलियो बनाउन लागौं : भीम रावल

अछाम । नेकपा (एमाले)का नेता भीम रावलले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताउनुभएको छ । 

बान्नीगढी जयगढ गाउँपालिकाको जयगढमा एमाले कार्यकर्तालाई सम्बोधन गर्नुहुँदै नेता रावलले व्यक्तिभन्दा पार्टी महत्त्वपूर्ण भएको भन्दै एमालेलाई जीवन्त राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताउनुभएको हो  । नेता रावलले कसैले पाखा लगाउन खोजेमा भने त्यसको परिणाम राम्रो नहुने बताउनुभयो । रावलले सम्पूर्ण कार्यकर्तालाई एकताको पक्षमा उभिनसमेत आग्रह गर्नुभयो ।

यसअघिका तिक्तता बिर्सेर एमालेलाई बलियो बनाउनेतर्फ सबैले लाग्नुपर्नेमा रावलले जोड दिनुभयो । उहाँले अवसरवादी नेता तथा कार्यकर्ता अवसरको खोजीमा अन्यत्र गएको बताउनुभयो । लामो समयसम्म एमालेमै बस्दा अवसर नपाएका नेता कार्यकर्ता एकताको पक्षमा रहँदा पटक–पटक जिम्मेवारी पाएका माधवकुमार नेपाललगायतका नेताले प्रलोभनमा पारेर पार्टी विभाजन गरेको बताउनुभयो । 

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ११ : १० बजे