झ्याप्लेखोलाबाट २५ शव निकालियो

आज कहाँ–कहाँ वर्षा र हिमपातको सम्भावना? 

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकीका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आइतबार पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा  मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ७ : २३ बजे