झ्याप्लेखोलाबाट २५ शव निकालियो

एमाले खोटाङको इन्चार्ज र सह–इन्चार्जको जिम्मेवारी भट्टराई र राईलाई

खोटाङ । नेकपा एमालेले खोटाङको इन्चार्ज र सह–इन्चार्ज तोकेको छ । 

एमाले प्रमुख सचेतक एवं पोलिटव्यूरो सदस्य विशाल भट्टराईलाई इन्चार्ज र केन्द्रीय सदस्य उषाकला राईलाई सह–इन्चार्जको जिम्मेवारी दिएको हो । 

भट्टराई पुनः जिल्ला इन्चार्जमा दोहोरिनुभएको हो ।  

त्यस्तै, खोटाङकै एमालेका केन्द्रीय सदस्य खगेन्द्र राईलाई राष्ट्रिय जनसाँस्कृतिक महासङ्घ तथा सम्बद्ध सङ्गठनहरूको इन्चार्जको जिम्मेवारी दिइएको छ । 

केन्द्रीय सदस्यमा मनोनीत रमेश पौडेलले नेपाल खेलकुद महासङ्घ सह–इन्चार्जको भूमिका पाउनुभएको छ । पौडेल नेपाल खेलकुद महासङ्घका केन्द्रीय कमिटी अध्यक्ष हुनहुन्छ  । 

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ७ : १९ बजे