झ्याप्लेखोलाबाट २५ शव निकालियो

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा उठेका कर्णालीका मुख्यमन्त्री शाही पराजित

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सह–महामन्त्रीको पिछडिएको क्षेत्रमा बद्री पाण्डे विजयी हुनुभएको छ ।

शेखर कोइराला पक्षका पाण्डेले २ हजार ४११ मत प्राप्त गरी विजय हुनुभएको हो ।

यस्तै देउवा पक्षका जीवनबहादुर शाहीले २१३३ मत प्राप्त गर्नुभयो   । पराजित शाही कर्णाली प्रदेशका बहालवाला मुख्यमन्त्री हुनुहुन्छ । काग्रेंसको महामन्त्रीमा पराजय भोगेसँगै रक्षामन्त्री रहेका डा. मिनेन्द्र रिजालले राजिनामा दिनुभएको थियो । शाहीको पराजयलाई पनि कर्णाली प्रदेशको सत्ता राजनीतिमा असर पार्ने गरी बुझिएको छ । 

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ५ : ५५ बजे