झ्याप्लेखोलाबाट २५ शव निकालियो

अत्यधिक चिसो बढ्न थालेपछि भेँडीगोठ बेँसीतर्फ झार्न थालियो

हुम्ला ।  हुम्लामा चिसो बढेसँगै भेँडापालक जाडो छल्न बेँसी झर्न थालेका छन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेँडीगोठ बेँसीतर्फ झार्न थालिएको हो ।

सात गाउँपालिका रहेको हुम्लाका सिमकोट, नाम्खा, खार्पुनाथ ,सर्केगाड, चंखिली, अदानचुलि र ताँजकोट गाउँपालिका भेँडापालक चरनका लागि हिउँदमा बेँसी झर्ने गर्छन् ।

२ हजार ९ सय मिटरभन्दा अग्लो पाटनमा भेडा चराउनुपरेको हुम्ला जिल्लाका भेडा पालकको चिसो बढेकाले मङ्सिरदेखि बेँसीतिर झर्न थालेका भेडा पालक सिमकोट गाउँपालिका–२ ठेहेका कालु बोहराले बताउनुभयो।

भेडा चराउने गरेको हिमाली पाटन चुवा खोला यारी ह्याङसीमा चिसो बढ्न थालेपछि भेडा पालक बेँसी झरेको नाम्खा गाउँपालिकाका अर्का भेँडापालक छेउकु तामाङले बताउनुभयो ।

पाटनमा चिसोले सताउँदा सुक्खा चरी चरण क्षेत्र सकिँदै छ, पशु वस्तु मर्ने त्रास छ उत्तिकै रहेको पाइन्छ ।  

चिसो छल्नका लागि बेसी झारेका बताउँदै सिमकोट गाउँपालिका–२ का भेँडापालक गोरसिंह बोहराले भन्नुभयो, “झन्डै दुई सयको सङ्ख्यामा रहेका भेडा बाख्रालाई घरमा खाने दाना र घाँस छैन, चिसोले अत्यन्तै सकस बनायो ।” 

उहाँहरू जस्तै हुलाका अधिकांश भेडा पालक कृषकलाई चिसोले आफ्ना पशु वस्तुको सुरक्षा गर्न नसकिने चिन्ता छ ।

लेकमा राखेका खसी, बाख्राले चिसोका कारण राम्रोसँग चर्न छोडेपछि बाध्य भएर बेसी झारिएको नाम्खा गाउँपालिकाका कृषक टाप्का तामाङले बताउनुभयो । 

हुम्लाको सिमकोट नाम्खा खार्पुनाग गाउँपालिकाका सबैजसो गाउँ ठाउँका कृषकले लेकमा राखेका भेडा बाख्रा, घोडाघोडी चिसोले बेसीतिर झारेका छन् ।

उच्च हिमाली क्षेत्रमा बस्न रुचाउने भेँडाले धेरै चिसो पनि सहन सक्दैनन् र बढी गर्मी पनि मन पराउँदैनन् । त्यसैले गर्मी बढेपछि बेँसीबाट लेकतिर र हिउँदमा बेँसीतर्फ झार्नुपरेको बोहराले बताउनुभयो ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १० : २६ बजे