झ्याप्लेखोलाबाट २५ शव निकालियो

लुम्बिनी बसपार्क क्षेत्रमा आगलागी, १० पसलमा क्षति

भैरहवा । लुम्बिनी विकास कोष परिसरमा रहेको लुम्बिनी बसपार्क क्षेत्रमा आगलागी भएको छ ।

बिहीबार राति आगलागी हुँदा १० वटा माला तथा गिफ्ट पसल, रेष्टुरेण्ट,  फेन्सी पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । 

स्थानीयका अनुसार राति २ बजे आगलागी सुरु भएको थियो । आगो नियन्त्रणका लागि लुम्बिनी सांस्कृतिक नागरपालिकाको बारुण यन्त्रलाई खबर गरेपनि दमकल आएको थिएन् । बरू सिद्धार्थनगर नगरपालिकाको दमकल आएर आगो नियन्त्रणमा लिएको थियो । 

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १० : ०८ बजे