झ्याप्लेखोलाबाट २५ शव निकालियो

केन्द्रीय कमिटीका निर्णय सार्वजनिक गर्न एमाले महासचिव पोखरेलले आज पत्रकार सम्मेलन गर्नुहुँदै

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आज पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । 

मङ्सिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न आज दिउँसो साढे १ः०० बजे बानेश्वरमा पत्रकार सम्मेलन गर्न लागिएको हो । 

केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार नवनिर्वाचित महासचिव पोखरेलको पहिलो पत्रकार सम्मेलन हुनेछ ।  

चितवनमा १०–१४ मङ्सिरमा भएको १०औँ महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा र दोस्रो बैठक भक्तपुरमा बसेको थियो ।

बैठकले ४४ जना केन्द्रीय सदस्यको मनोनयनदेखि निर्वाचित ३०१ जना नेताहरूको कार्य विभाजन गरिसकेको छ ।

 

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ७ : २७ बजे