झ्याप्लेखोलाबाट २५ शव निकालियो

काँग्रेस महाधिवेशन : महामन्त्रीको मतगणना सुरु हुँदै

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि भएको मतदानको मतगणना आज बिहानदेखि सुरु हुँदै छ । 

काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ः००  बजेदेखि महामन्त्री पदका लागि भएको मतदानको मतगणना हुनेछ । 

महामन्त्रीका दुई सिटका प्रकाश शरण महत, प्रदीप पौडेल, गगन थापा, मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा र राजाराम कार्की उम्मेदवार हुनुहुन्छ ।  

महत र पौडेल सभापति शेरबहादुर देउवा समूहबाट र थापा र रिजाल शेखर कोइराला समूहबाट चुनावी मैदानमा हुनुहुन्छ । शर्मा प्रकाशमान सिंह समूहबाट लड्दा कार्की विमलेन्द्र निधि समूहबाट उम्मेदवार हुनुहुन्छ ।

यसअघि, सभापतिमा शेरबहादुर देउवा तथा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसक्नुभएको छ ।  

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ७ : ३९ बजे