झ्याप्लेखोलाबाट २५ शव निकालियो

अध्यादेश फिर्ताको माग राख्दै लोसपाद्वारा प्रदेश सभा अवरुद्ध

धनुषा ।  प्रदेश नम्बर २को प्रदेश सभा बैठक  लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का प्रदेश सांसदहरुले अवरुद्ध गर्नुभएको छ ।  

प्रदेश सभामा प्रदेश नम्बर २ सरकारकोतर्फबाट समाजिक विकासमन्त्री नवल किशोर साहले अध्यादेश प्रस्तुत गर्न खोजेपछि लोसपाका सांसदहरु उभिएर बैठक अवरुद्ध गर्नुभएको हो ।  

सरकारले प्रदेश सभालाई छलेर ल्याएको प्रदेश कृषि विश्वविद्यालय अध्यादेश र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेशको उद्देश्य प्रष्ट नरहेको भन्दै लोसपाका प्रदेश सांसदहरुले बैठक अवरुद्ध पार्नुभएको हो ।सभामुख सरोजकुमार यादवले समाजिक विकासमन्त्री साहलाई अध्यादेश प्रस्तुत गर्न अनुमति दिएपछि लोसपा संसदीय दलका सचेतक परमेश्वर साहले उभिएर बैठकमा अध्यादेश प्रस्तु हुन नदिने बताउनुभयो  । लोसपाका अन्य सांसदहरु समेत उभिएपछि प्रदेश सभा बैठक १५ मिनेटका लागि सभामुख यादवले स्थगित गर्नुभएको छ  ।लोसपाले अध्यादेश फिर्ता नभएसम्म बैठक चल्न नदिने  अडान लिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  २ : १७ बजे