काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोनित हुनुभएका ४४ जना सदस्यहरूको शपथ ग्रहण आज हुने भएको छ ।
तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान भवन च्यासलमा आज बिहान ११ः०० बने पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ गराउने हुने बताइएको छ ।
यही मङ्सिर २५ र २६ गते बसेको एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले ४४ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गर्ने निर्णय गरेको थियो ।
बैठकले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।
प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार ९ : ०३ बजे
प्रतिक्रिया