काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । बिहीबार नेप्से ३६ दशमलव ८३ अंकले घटेर २७४९ दशमलव ५७ विन्दुमा पुगेको छ ।
बिहीबार ३२२ कम्पनीको कुल २ करोड ८३ लाख ६ हजार ३४२ कित्ता शेयर १ लाख ४५ हजार ९२१ पटक कारोबार हुँदा १२ अर्ब २२ करोड २८ लाख २४ हजार ४८१ मूल्यमा खरिद बिक्री भएका छन् ।
त्यस्तै, आज खुथेली बुखारी हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज थ्रीस्टार हाइड्रोको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज गुडविल फाइनान्सको सबै भन्दा बढी ३७ करोड ६५ लाख ५९ हजार ७११ को रकम बराबरीको खरिद बिक्री भएको छ भने आज अपिको सबैभन्दा बढी १० लाख ८४ हजार ११९ कित्ता शेयर कारोबार भएको छ ।
प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार ४ : ११ बजे
प्रतिक्रिया