झ्याप्लेखोलाबाट २५ शव निकालियो

काँग्रेस महाधिवेशनमा पत्रकारलाई दुव्र्यवहार गरिनु प्रेस स्वतन्त्रतामाथिको ज्यादती : महासंघ

​​​​​​​काठमाडौं । नेपाल पत्रकार महासंघले काँग्रेस महाधिवेशनमा पत्रकारलाई दुव्र्यवहार गरिन् प्रेस स्वतन्त्रतामाथिको ज्यादती भएको जनाएको छ ।  

 काँग्रेसको १४औं महाधिवेशनका क्रममा समाचार संकलनका लागि पुगेका पत्रकारमाथि प्रहरी र निर्वाचन समितिका सदस्यहरूले दुव्र्यवहार गर्दै समाचार संकलनमा अवरोध गरेको घटनाप्रति महासंघकोे गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको निन्दा र भत्र्सना गरेको  छ । 

महाधिवेशनका क्रममा आज तीन घण्टा ढिलो गरी सुरु भएको मतदानको फोटो खिच्न जान लागेका पत्रकाहरूलाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले भित्र जान नदिई दुव्र्यवहार गर्दै समाचार संकलनमा रोक लगाएका थिए ।
नेपाली काँग्रेसजस्तो जिम्मेवार पार्टीको महाधिवेशनमा पत्रकारलाई समाचार संकलनमा सहज बनाइनु पर्नेमा यस किसिमको व्यवहार र व्यवधान हुनु आफैंमा निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती भएको महासंघले जनाएको छ। महासंघले पत्रकारलाई निर्वाध रूपमा प्रेस स्वतन्त्रताको उपभोगको वातावरण बनाई प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गरेको छ । 

 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ३ : ०१ बजे