साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेकपा एसमा गाईजात्रा : मतदाता ३४४, उम्मेदवार २६४ (सूचीसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पादधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि आज निर्वाचन हुँदै छ । पदाधिकारी तथा पोलिटब्युरो सदस्यमा गरी सोमबार बिहान निर्धारित समयमा २०४ को उम्मेदवारी परेको छ। अब ३४४ मतदाता (केन्द्रीय) सदस्यहरुले २०४ उम्मेदवारबारे फैसला गर्ने छन् ।

डेढ महिनाअघि अध्यक्ष र महासचिव सर्वसम्मत गरेको नेकपा एसले पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि भने निर्वाचन गर्न लागेको हो । निर्वाचन आज २ बजेदेखि हुने कार्यक्रम निर्धारण गरिएको छ।

अहिले सम्म विभिन्न पदहरूको मनोनयन सकिएको छ । एक वरिष्ठ उपाध्यक्षका लागि राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतको उम्मेदवारी परेको छ ।

त्यसैगरी मधेशी समुदायको उपाध्यक्षका लागि धर्मनाथ प्रसाद शाह र रामचन्द्र झाको उम्मेदवारी परेको छ ।

चार खुला उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ । चार उपमहासचिव पदका लागि लक्ष्मण केसी लगायत २० जनाको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ११ : २८ बजे