झ्याप्लेखोलाबाट २५ शव निकालियो

रामचन्द्र पौडेलले काँग्रेस महाधिवेशनमा मतदान नगर्ने

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा सभापतिका लागि पाँच जना प्रतिस्पर्धामा छन् । 

महाधिवेशनमा  अन्तर्गत १३४ पदका लागि आज चुनाव हुँदै छ । तर, लामो समय संस्थापन इतर खेमाको नेतृत्व सम्हाल्दै आउनुभएका काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भने मतदान नगर्ने हुनुभएको छ ।

वरिष्ठ नेता पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले पनि यसको पुष्टि गर्नुभयो । 

वरिष्ठ नेता पौडेल संस्थापन इतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुनुपर्ने अडानमा हुनुहुन्थ्यो। उहाँ पनि सभापतिका आकाङ्क्षी हुनुहुन्थ्यो । तर सहमति जुट्न नसकेपछि पौडेल सबै तहका प्रतिस्पर्धाबाट बाहिरिए नै मतदानमा नै सहभागी नहुने घोषणा गर्नुभयो।

काँग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा हुनुहुन्छ। 

वरिष्ठ नेता पौडेल रुष्ट भएपछि सभापति देउवा उहाँको निवास पुग्नुभएको थियो । पौडेल निवासमा भएको उहाँहरुबीचको भेटका क्रममा देउवाले आफूलाई सहयोग गर्न वा अरूहरूको पक्षमा नखुल्न आग्रह गर्नुभएको थियो । देउवासँगको भेटमा पौडेलले आफू  तटस्थ बस्ने बताउनुभएको थियो ।

 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ८ : १९ बजे