लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ ।
सोमबार बिहान ४ बजेर ३६ मिनेट जाँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका ६ बाहुनडाँडा आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ६ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार उक्त पराकम्प १२ वैशाख २०७२ कै हो । भूकम्प जाँदा सदरमुकाम बेसीसहरसहित जिल्लाको मर्स्याङ्दी गाउँपालिका हिमाली जिल्ला मनाङ आसपासका जिल्लामा धक्का महसुस भएको थियो ।
प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार ७ : ४२ बजे
प्रतिक्रिया