झ्याप्लेखोलाबाट २५ शव निकालियो

काँग्रेस नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु

काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु भएको छ । 

आज बिहान १० बजेदेखि मनोनयन प्रक्रिया अनुरूप उम्मेदवारी दर्ताको लागि फाराम वितरण सुरु भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

निर्वाचन प्रक्रियाको काम भृकुटीमण्डप र राष्ट्रियसभा गृहबाट भइरहेको छ ।  अहिलेसम्म केन्द्रीय सदस्यका उम्मेदवारले मात्रै दर्ता फाराम लगेको छन् । 

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले निर्वाचन कार्यक्रम अन्तर्गत सम्पूर्ण तयारी पुरा भएको बताउनुभयो ।  संयोजक घिमिरेले निर्वाचनको समय तालिकाभित्रै सम्पूर्ण प्रक्रिया सकिने विश्वास व्यक्त गर्नुभयो । 

उहाँका अनुसार निर्वाचन समितिले मनोनयनको लागि आज साँझ ५ बजेसम्म समय निर्धारण गरेको छ । 

आइतबार दाबी विरोध सकेर अन्तिम नामावली प्रकाशन गरिनेछ । उम्मेदवारी मनोनयनका लागि २० स्थानमा व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ११ : २८ बजे