झ्याप्लेखोलाबाट २५ शव निकालियो

सभापतिमा साझा उम्मेदवार टुङ्ग्याउन  काँग्रेस संस्थापन इतरको दौडधुप, आज पनि बैठक बस्दै

काठमाडौँ ।  नेपाली काँग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा उम्मेदवारको टुङ्गो लगाउन धमाधम आन्तरिक बैठक बस्न थालेका छन् ।

संस्थापन पक्षबाट सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पुनः सभापतिमा भिड्नुहुने भएपछि संस्थापन इतर समूह साझा उम्मेदवारको टुङ्गो लगाउन लागिपरेको छ । 

पछिल्लो तीन दिनदेखि संस्थापन इतर समूहको औपचारिक छलफल भइरहे पनि अझै सभापतिका लागि साझा उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य द्वय प्रकाशमान सिंह र डा.शेखर कोइरालाले सभापतिमा आफ्नो अडान कायमै राख्नुभएको छ  । महामन्त्री डा.शशाङ्क कोइरालाले भने अरूले सहमति जनाए आफ्नो समर्थन वरिष्ठ नेता पौडेललाई रहने बताउनुभएको छ  । 

वरिष्ठ नेता पौडेलले आज साँझसम्म निर्णयमा पुग्ने र उम्मेदवार घोषणा गर्ने दाबी गर्नुभएको छ  । “सहमतिको निकै नजिक पुगेका छौँ। सबै कोणबाट छलफल गर्‍यौँ। बुधवार साँझसम्म निर्णयमा पुग्छौँ ।” वरिष्ठ नेता पौडेलले भन्नुभयो । 

संस्थापन इतर पक्षले आज पूर्व जिल्ला सभापति, निर्वाचित जिल्ला सभापति र प्रदेश सभापतिसँग परामर्श गर्दै छ । 

 

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ८ : ११ बजे