झ्याप्लेखोलाबाट २५ शव निकालियो

थप २०५ जनामा कोरोना संक्रमण, ४३६ जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप २०५ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि १० हजार ७४७ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

मन्त्रालयका अनुसार ७९९५ जनाको पीसीआर परीक्षण गर्दा २०० र २७५२ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको थियो। त्यस्तै पछिल्लो २४ घन्टामा १ जना संक्रमितको मृत्यु भएको छ। आइतबार एकैदिन ४३६ जना संक्रमित कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

त्यस्तै सक्रिय संक्रमितको संख्या ६५०७ रहेको छ। 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ४ : ०५ बजे