झ्याप्लेखोलाबाट २५ शव निकालियो

समाजसेवी भद्राकुमारी घलेलाई एमाले अध्यक्ष ओलीले भेट्नुभयो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले महिला नेतृ तथा समाजसेवी भद्राकुमारी घलेलाई भेट्नुभएको छ । डिल्लीबजारस्थित घलेकै निवासमा पुगेर अध्यक्ष ओलीले आज भेट गर्नुभएको हो ।

घलेले आफूले लेख्नुभएका १ सय ९ वटा पुस्तक ओलीलाई हस्तान्तरण गर्नुभएको थियो । घलेले आफू अहिले लेखपढमा लागेको बताउनुभयो । ९२ वर्षीय घलेले केपी ओलीलाई सच्चा देशभक्त र विकास प्रेमी नेता भएको बताउँदै आउनुभएको छ । ओली चितवनमा १० औँ महाधिवेशनमा चुनाव लडिरहँदा घलेले उहाँलाई भेट्ने इच्छा रहेको बताउनुभएको थियो । उहाँको इच्छा अनुसार ओली घलेलाई भेट्न उहाँको घरमा पुग्नुभएको हो ।

यसअघि केपी ओलीलाई षडयन्त्र गरेर प्रधानमन्त्रीबाट हटाएको भन्दै घलेले चर्को आलोचना गर्दै आउनु भएको छ । घलेले ओली फेरि चुनाबाट प्रधानमन्त्री हुने बताउँदै आउनुभएको छ । घलेले ओलीलाई देखार वा चिनेर नभई उहाँको कामबाट प्रभावित भएर प्रशंसा गरेको बताउनुभयो । विश्वबाट कम्युनिष्ट बढारिएको बेला नेपालमा केपी ओलीले कम्युनिष्टको दुईतिहाई बहुमत ल्याएको घलेले बताउनुभयो ।

‘अब आउने चुनावमा पनि हामीले त्यस्तै देख्न पाए हुन्थ्यो,’ ओलीसम्गको भेटमा घलेले भन्नुभयो । समृद्ध नेपाल र सुखी नेपाली बनाउन ओली एक पटक फेरी प्रधानमन्त्री बन्नुपर्ने घलेले बताउनुभयो । ‘मैले आशिर्वाद दिएकी छु, ओली फेरि दुई तिहाई बहुमतका साथ प्रधानमन्त्री बन्नुपर्छ,’ घलेले भन्नुभयो ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ८ : ३७ बजे