काठमाडौँ । कोरोना भाइरस सङ्क्रमित भई बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज डिस्चार्ज हुनुभएको छ ।
कोरोना भाइरस सङ्क्रमित भई मङ्सिर १३ गते अस्पताल भर्ना हुनुभएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिनमा आज डिस्चार्ज हुनुभएको अस्पतालले जनाएको छ ।
''मङ्सिर १३ गतेदेखि यस अस्पतालमा कोभिड–१९ निमोनियाको लागि उपचार गराइरहनुभएका प्रधानन्यायाधीश जबरा बिहान साढे ९ बजे स्वास्थ्य लाभ गरी डिस्चार्ज हुनुभएको छ” अस्पतालद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार ११ : १९ बजे
प्रतिक्रिया