झ्याप्लेखोलाबाट २५ शव निकालियो

राप्रपा अध्यक्षमा उम्मेदवारी दिन १ लाख शुल्क

काठमाडौं । काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षका लागि उम्मेदवारी शुल्क १ लाख तोकिएको छ ।

यस्तै केन्द्रीय उपाध्यक्ष पदका लागि रु.७५ हजार तोकिएको छ । यसैगरी महामन्त्रीका लागि रु.५० हजार र केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ तोकिएको छ ।

बुधबार सुरु भएको राप्रपा महाधिवेशनले अध्यक्ष, १ महिलासहित ४ जना उपाध्यक्ष, १ महिलासहित ३ जना महामन्त्री र १४१ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुँदैछन् ।

निर्वाचन समितिका अनुसार शुक्रबारदेखि मात्र निर्वाचन कार्यक्रम सुरु हुनेछ । बिहीबारसम्म मतदाता नामावली प्रकाशन गर्ने र शुक्रबार निर्वाचन कार्यक्रम सुरु गर्ने समितिको तयारी छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ३ : २१ बजे