झ्याप्लेखोलाबाट २५ शव निकालियो

नेपाली काँग्रेसको सात वटै प्रदेशमा आजदेखि प्रादेशिक अधिवेशन हुँदै

काठमाडौँ ।  नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज सात वटै प्रदेशमा प्रादेशिक अधिवेशन हुँदैछ । 

काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आज मतदाता नामावली प्रकाशन हुनेछ भने  शुक्रवार मनोनयन दर्ताको कार्य तालिका तय भएको छ भने शनिवार निर्वाचन हुनेछ । 

१६५ प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेशसभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिले प्रादेशिक नेतृत्व चयनका लागि मतदान गर्न पाउनेछन् । 

काँग्रेसको प्रादेशिक अधिवेशन प्रदेश १ को विराटनगरमा, २ को जनकपुरधाममा, बागमतीको हेटौँडामा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको धनगढीमा हुनेछ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले दिउँसो २ः०० बजे प्रादेशिक अधिवेशनको उद्घाटन भर्चुअल माध्यमबाट गर्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ९ : ४१ बजे