झ्याप्लेखोलाबाट २५ शव निकालियो

नवनिर्वाचित अध्यक्ष ओलीलाई अमेरिकाको बधाई

​​​​​​​काठमाडौं– नेकपा एमालेको दशौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित नेता केपी शर्मा ओलीलाई अमेरिकाले बधाई दिएको छ ।

बुधबार काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्षलाई बधाई दिएको हो ।

अमेरिकाले लोकतन्त्र, पारदर्शिता, उत्तरदायित्व र निश्पक्ष तथा धाँधलीरहित चुनावको पक्षमा आफू रहेको समेत बधाई सन्देशमा बताएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ५ : १७ बजे