झ्याप्लेखोलाबाट २५ शव निकालियो

महाधिवेशनले एमाले एकजुट भएको सन्देश दियो : उपाध्यक्ष नेम्वाङ

काठमाडौं – नेकपा (एमाले)का नवनिर्वाचित उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले १०औँ राष्ट्रिय महाधिवेशनले नेकपा ९एमाले० एक जुट भएको सन्देश गएको बताउनुभएको छ ।

उहाँले महाधिवेशन सफल भएको उल्लेख गर्दै एमाले कम्युनिष्ट आन्दोलनको मूलधारका रुपमा स्थापित बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो महाधिवेशनबाट पार्टी एक ढिक्का भएको छ, एक जुट भएका छौं ।’ महाधिवेशनले एउटा सन्देश पनि दिनसकेको जनाउँदै उहाँले एमाले नै कम्युनिष्ट आन्दोलनको मूलधार हो भन्ने प्रमाणित भएको बताउनुभयो ।

निरङ्कुशताविरुद्धको लोकतान्त्रिक आन्दोलनको यो नै मूलधार हो भन्ने सन्देश दिन महाधिवेशनले सकेको उहाँको भनाइ थियो । एमालेलाई जनताको उत्तिकै समर्थन रहेछ भन्ने कुरा यो महाधिवेशनबाट स्थापित भएको उल्लेख गर्दै उहाँले यसैका आधारमा अघि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सन्तुष्टि सयमा सय कहिल्यै हुँदैन, तर समग्रमा म सन्तुष्ट छु ।’ विधान महाधिवेशनका सन्दर्भमा पनि यिनीहरुले के गर्छन् ? सक्छन् की सक्दैनन् भन्ने प्रश्न उठेको भन्दै उहाँले हामीले सफल बनाएर देखाएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो राष्ट्रिय महाधिवेशनबाट पूरै फुट्छन्, विभाजनमा जान्छन् भन्ने थियो, तर अहिले सफलता पूर्वक सम्पन्न भयो ।’

निर्वाचनमा भाग लिएका साथीलाई अन्यथा सोच्ने भन्ने कुरा हुँदैन भन्दै नेम्वाङले यसलाई स्वभाविक रुपमा लिइने बताउनुभयो । पराजित भएकालाई सम्मानका साथ समेटेर सहभागी गराएर अघि बढ्ने उहाँको भनाइ थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ५ : ०९ बजे