झ्याप्लेखोलाबाट २५ शव निकालियो

आगामी निर्वाचनमा एकल बहुमत आउने गरी लाग्न पार्टी पङ्क्तिलाई अध्यक्ष ओलीको निर्देशन

​​​​​​​चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्य समितिको पहिलो बैठक मङ्गलवार साँझ चितवनको सौराहामा सम्पन्न भएको छ । 

बैठकले महाधिवेशन सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैप्रति र पुरानो कार्यसमितिप्रति धन्यवाद ज्ञापन गरेको छ । 

बैठकमा सहभागी केन्द्रीय सदस्य देवी ज्ञवालीका अनुसार बैठकमा नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले अब हुने तीन तहको निर्वाचनमा एकल बहुमत आउने गरी लाग्न पार्टी पङ्क्तिलाई निर्देशन दिनुभयो । 

पार्टीलाई अझ थप सङ्गठित बनाइ अगाडि बढ्ने उहाँको भनाइ थियो ।  ज्ञवालीका अनुसार अध्यक्ष ओलीले यही मङ्सिर २५ र २६ गते केन्द्रीय कार्य समितिको बैठक आह्वान गर्नुभएको छ । 

यही मङ्सिर १० गते नारायणगढमा उद्घाटन भएको नेकपा एमालेको १०औँ महाधिवेशनले नयाँ कार्य समिति चयन गर्दै मङ्गलवार सम्पन्न भएको हो । केन्द्रीय समिति ३०१ सदस्सीय रहेको छ । 

 

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ७ : २७ बजे