झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

राप्रपा महाधिवेशन : लिङ्देनलाई अध्यक्ष लोहनीको समर्थन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीको भावी अध्यक्षमा राजेन्द्र लिङ्देनलाई समर्थन जनाउनुभएको छ। 
काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा लोहनीले लिङ्देनलाई समर्थन जनाउन थापा र जबरालाई आग्रह गर्नुभएको हो। कार्यक्रममा लोहनीले पार्टीको नेतृत्व नयाँ पुस्तामा जानुपर्ने भन्दै आफू लिङदेनको पक्षमा उभिएको बताउनुभएको छ । 

बुधबारबाट सुरू हुन लागेको राप्रपाको महाधिवेशनका लागि अध्यक्ष लिङ्देन र कमल थापाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा भएको छ । राप्रपाका तीन अध्यक्ष थापा, लोहनी र पशुमपतिशमशेर जबरामध्ये थापाले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दा लोहनीले लिङ्देनलाई समर्थन जनाएका हुन् । तर, जबराले मौन बस्नुभएको छ ।

 नेतृत्वमा सर्वसम्मत जुट्न नसके युवालाई पार्टीको जिम्मेवारी दिने आफ्नो पूर्वघोषित विचारअनुसार लिङ्देनलाई समर्थन जनाएको भन्दै लोहनीले बाँकी अध्यक्षद्वय थापा र जबरालाई पनि लिङ्देनको समर्थनमा उभिन आग्रह गरेका हुन् । गर्नुभयो ।

यस्तो छ लोहनीको ७ बुँदे अपील :

१. केही महिना अगाडि मैले रा।प्र।पा को नेतृत्व सहमतिमा पुग्नुपर्छ भन्ने भनाइ राखेको थिएँ । तर यो सम्भव नभए नयाँ पुस्तालाई दिन पार्टी र देशको हितमा आवश्यक छ भन्ने दृष्टिकोण स्पष्ट रुपमा सार्वजनिक माध्यमबाट व्यक्त गरेको थिएँ । सोही धारणा अनुरुप रा।प्र।पा को नया नेतृत्वमा रा।प्र।पाका पर्व महामन्त्री तथा माननिय श्री राजेन्द्र लिङ्गदेनको पक्षमा म उभिएको छ । रा।प्र।पामा आजको परिस्थितिमा नयाँ नेतृत्वले ठाउँ पाउनुपर्छ भन्ने मेरो भनाइ र विश्वास हो ।

२. म अन्य दुई मेरा मित्र अध्यक्षहरूलाई पनि पार्टीको हितमा अभिभावकीय भूमिका निर्वाह गर्न र नया नेतृत्वलाई काम गर्ने मौका दिन अनुरोध गर्दछु ।

३. संविधान भित्रको राजसंस्था र वैदिक सनातन हिन्दु राष्ट्र तथा प्रजातान्त्रिक विधि र पद्धतिप्रति रा।प्र।पा प्रतिबद्ध छ । रा।प्र।पाका कार्यकर्ताहरू देश भक्त छन् र सवै नेपालीको समृद्धिको लागि प्रतिवद्ध छन् । यो प्रतिवद्धतालाई मुल आदर्शको रूपमा लिएर अगाडि बढौँ । नयाँ प्रस्तावित नेतृत्वलाई काम गर्ने मौका दिऔँ ।

४.मेचीदेखि महाकाली देशको सबै क्षेत्र र कुनाकुनाबाट महाधिवेसनमा सहभागी हुन आउनु भएका प्रतिनिधि साथीहरू पार्टीको सर्वोच्च हुनुहुन्छ । तपाईंहरूको विवेक र निर्णयले पार्टीको भविश्य निर्धारण गर्नेछ । यस परिवेशमा मेरो अनुरोध स्वीकार गर्नु हुनेछ भन्ने आशा गरेको छु ।

५.पार्टीको माहाधिवेशनबाट जे निर्णय हुन्छ, त्यो हामी सबैको लागि शिरोधार्य हुनु पर्दछ, यही प्रजातान्त्रिक विधि र पद्धती हो र पार्टीलाई एकताबद्ध राजनैतिक शक्तिको रूपमा स्थापना गर्ने मुलमन्त्र हो।

६. साथीहरू, म विगतका वर्षहरूमा जस्तै भविष्यमा पनि रा।प्र।पाप्रति समर्पित रहनेछ र तपाईंहरूसँग काधमा–काध मिलाएर नेपाल र नेपालीको हितमा काम गर्न सदा सक्रिय रहनेछ ।

७.अन्तमा रा।प्र।पा को अध्यक्ष को हैसियतले विगत दई वर्ष जति काम गर्दा मप्रति सहयोग र सद्भाव राख्ने तथा मेरो गल्ती कमजोरी देखाइ आलोचना गर्ने लगायत सबै मित्रहरूमा धन्यवाद व्यक्त गर्दछ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १ : ०२ बजे