चितवन । एमाले १० औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । मंगलबार बिहानबाट ४ बजेबाट सुरू भएको मतदानमा दुई हजार ८५ जनाले मत दिएका निर्वाचन अधिकृत हरिशरण दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार एक घण्टापछि मतगणना हुने र तीन घण्टामै परिणाम आउनेछ । दुई हजार १५३ जना प्रतिनिधि सहभागी महाधिवेशन गत शुक्रबारबाट सुरू भएको हो ।
अध्यक्ष केपी शर्मा ओली र भीम रावल समूह नेतृत्वमा प्रतिस्पर्धामा छन् भने अन्य १० वटा क्षेत्रको मतदान भएको थियो ।
प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार १० : ५३ बजे
प्रतिक्रिया