झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

चितवनमा जारी मतदानमा १६ सय मत खस्यो, मतदान सकिएको तीन घण्टामा परिणाम आउँने

चितवन । चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशनमा हालसम्म एक हजार ६०० मतदाताले मतदान गरिसकेका छन् । दुई हजार १ सय ७५ मतदाता मध्ये ९ः३० बजेसम्म १६०० ले मतदान गरिसकेका हुन् । मतदानका लागि एक जनालाई १० देखि १५ मिनेटसम्म लाग्ने गरेको छ । केहीलाई भने २० मिनेटसम्म लागेको केन्द्रीय निर्वाचन आयोगका संयोजक डा. विजय सुब्बाले चक्रपथलाई जानकारी दिनुभयो । 

एकपटकमा ६९ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।  

मतदान बिहान ४ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुरु गर्नुभएको थियो । उहाँपछि महासचिव, संगठन बिभागका प्रमुखहरुबाट मतदान शुरु भएको थियो । १० बजेसम्मका लागि मतदानको समय तोकिएको भएपनि छुटेका वा नसकिए आधा घण्टा समय थपिने संयोजक डा. सुब्बाले जानकारी दिनुभयो । आज सहमति हुन नसकेको १० वटा क्षेत्रको मतदान भईरहेको छ । जसअन्र्तगत अध्यक्ष, उपाध्यक्ष, सचिव, प्रदेश – १ को खुल्ला, महिला सुदुरपश्चिम, दलित खुल्ला, थारु खुल्ला, पिछडिएको क्षेत्रमा मतदान भइरहेको छ । मतदान सकिएको ३ घण्टामा परिणाम आउने डा.सुब्बाले बताउनुभयो । 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ९ : ५४ बजे