झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

प्रभु साह केन्द्रिय सदस्यमा निर्विरोध चयन

चितवन – नेकपा एमालेको १०औं महाधिवेशनबाट प्रभु साह केन्द्रिय सदस्यमा निर्विरोध हुनुभएको छ ।

केन्द्रिय निर्वाचन आयोगले जारी गरेको प्रारम्भिक सूचना अनुसार प्रदेश २ बाट खुल्लातर्फ पुरुष ६ जना र महिला ३ जना गरी ९ जनाको कोटामा थप उम्मेदवारी नपरेपछि साह केन्द्रिय कमिटीमा विजयी हुनुभएको हो । प्रदेश २ का अन्य ९ जना पनि निर्विरोध केन्द्रिय सदस्य चयन हुने भएका हुन् ।

प्रदेश–२ बाट  पूर्व माओवादी नेता साहसहित अरबिन्द सिंह, उपेन्द्र साह, राजकुमार लेखी, लिलनाथ श्रेष्ठ, सुमन प्याकुरेल पुरुष कोटावाट केन्द्रिय कमिटीमा पुग्ने भएका छन भने महिला कोटावाट कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखा कुमारी झा रहेका छन् ।

यद्धपी, औपचारिक रुपमा केन्द्रिय निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ ।

 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ३ : ४५ बजे