झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

एमाले महाधिवेशन : श्रमिक कोटाबाट ६ जना केन्द्रीय सदस्य निर्विरोध 

काठमाडौं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा श्रमिक कोटाबाट ६ जना केन्द्रीय सदस्य निर्विरोध हुनुभएको छ । जिफन्ट अध्यक्ष विनोद श्रेष्ठसहित रमेश बडाल, कमल गौतम, बाबुराम थापा, मञ्जु कुमारी थापामगर र सीता लामा सर्वसम्मत एमालेको केन्द्रीय सदस्य हुनुभएको हो ।

उहाँहरुसहित ३०१ जना केन्द्रीय सदस्यहरुको नामावली अध्यक्ष ओलीले आइतबार रातिको बन्दसत्रमा प्रस्ताव  गर्नुभएको थियो । प्रस्तावमा असन्तुष्ट हरु आज निर्वाचनमा जानुभएको छ । तर निर्धारित समय अवधिभित्र ट्रेड युनियनको कोटामा अन्यको उम्मेदवारी परेन ।

एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवत्रय प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल सर्वसम्मत हुनुभएको छ । अध्यक्षसहित अन्य पदहरुमा भने निर्वाचनको तयारी भइरहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १२ : ४७ बजे