काठमाडौं । नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित चार जना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल बाहेक अन्य कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने पक्का भएको हो ।
उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुनुभएको छ। मनोनयनको म्याद सकिँदासमेत उपमहासचिव पदमा कसैको उम्मेदवारी नपरेपछि तीन जनाको पद सुरक्षित भएको हो ।
यद्यपी उहाँहरुको औपचारिक घोषणा हुन भने बाँकी छ ।
प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार ११ : ४२ बजे
प्रतिक्रिया