झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

एमालेको दशौँ महाधिवेशन : बिहान १० बजेबाट बन्द सत्र सुरु हुने, अध्यक्ष ओलीसहित विदेशी पाहुनाले सम्बोधन गर्ने

काठमाडौँ ।नेकपा एमालेको दशौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बिहान १०ः०० बजेबाट बन्द सत्र सुरु हुने भएको छ ।

नारायणी नदी किनारमा शुक्रवार औपचारिक उद्घाटन भएको दशौं राष्ट्रिय महाधिवेशनको बन्द सत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले आज बिहान १०ः०० बजे बन्द सत्र उद्घाटन हुने बताउनुभयो ।  

आज  १०ः००  बजे बन्द सत्र सुरु हुनेछ । बन्द सत्रको उद्घाटन सत्रलाई अध्यक्ष केपी शर्मा ओली तथा विदेशी अतिथिले सम्बोधन गर्नुहुनेछ । 

एमाले महाधिवेशनमा विदेशी प्रतिनिधिमा भारत, बङ्गलादेश, श्रीलङ्कालगायत देशबाट नेताहरू आउनुभएको छ ।

बन्द सत्रमा आउने प्रतिनिधिलाई एमालेले आवास तथा भोजनको व्यवस्था गरेको छ । बन्द सत्रबाट नयाँ नेतृत्व चयन हुनेछ । महाधिवेशन १२ गते आइतबारसम्म चल्नेछ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ६ : ५७ बजे