झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

एमाले केन्द्रीय कमिटीको बैठक बेलुका ८ बजे बस्दै

काठमाडौं । ९ औं महाधिवेशनबाट निर्वाचित नेकपा एमालेको केन्द्रीय कमिटीको अन्तिम बैठक आज बेलुका ८ बजे बस्दैछ। १० औं महाधिवेशन उद्घाटन समारोह सकिएपछि बैठक बस्न लागेको हो।

एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक जंगल क्राउन होटल सौराहामा साँझ ८ बजे बस्ने जानकरी दिइएको छ । बैठकमा ९ औं महाधिवेशनपछि समिक्षा, १० औं महाधिवेशन उद्घाटनसत्रको समिक्षा लगायतका विषयमा छलफल हुनेछ ।

यस्तै नेतृत्व चयन लगायतका विषयमा पनि छलफल हुनेछ । महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ५ : २१ बजे