झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

महाधिवेशनबाट सशक्त र एकताबद्ध एमाले निर्माण हुन्छ : शङ्कर पोखरेल 

चितवन । नेकपा एमाले स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले एमाले एकताका साथ महाधिवेशनमा होमिएको बताउनुभएको छ  । 

दशौं राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा एक शुभकामना दिनुहुँदै नेता पोख्रेलले भन्नुभयो , “पार्टी एकताबद्ध र एक ढिक्का छ । यति बेला नेतृत्वप्रति असहमति प्रदान गर्ने कुरा पार्टी र आन्दोलनको हितमा हुँदैन ।” 

विगतका महाधिवेशनमा जस्तो यस पटक कोही पनि समूहगत रूपमा विभाजित नभएको भन्दै पोखरेलले महाधिवेशनले सशक्त र एकताबद्ध एमाले निर्माण हुने बताउनुभयो।

“हामी कुनै विचार समूहमा विभाजित भएका छैनौँ । महाधिवेशनबाट सशक्त र एकताबद्ध एमाले निर्माण गर्दैंछौं”, उहाँले भन्नुभयो, “कार्यकर्ताहरूले दिएको म्यान्डेटअनुसार हामी अगाडि बढेका छौँ । कार्यकर्ताहरूको म्यान्डेट विपरीत हामी अगाडि बढ्दैनौँ ।”

 

 

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ११ : ३४ बजे