झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

नेपाल बारका पदाधिकारीसँग प्रधानमन्त्रीले आज छलफल गर्नुहुँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेपाल बार एसोसिएसनका पदाधिकारीसँग छलफल गर्नुहुने भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले बिहान साढे १० :०० बजे छलफलका लागि बोलाउनुभएको नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीलाई छलफलका लागि बालुवाटार बोलाउनुभएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै एक महिनादेखि आन्दोलनरत बार र वृहत् नागरिक आन्दोलनले बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्च पास गरेका थिए ।  

गत सोमबार बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दललाई ध्यानाकर्षण पत्र बुझाएको थियो । उक्त ध्यानाकर्षण पत्र आज प्रधानमन्त्री देउवालाई पनि बुझाउने कार्यक्रम रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

 

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ८ : १४ बजे