झ्याप्लेखोलाबाट २५ शव निकालियो

विप्लवद्वारा कार्तिक ३० गते नेपाल बन्दको घोषणा

​​​​​​​काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कार्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको छ ।

पार्टीका महासचिव विप्लवले एक प्रेस वक्तव्य निकाल्दै पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा नेपाल सरकारले निरन्तर मूल्यवृद्धि गर्दै आएको भन्दै  नेपाल बन्दसहितको सङ्घर्षको कार्यक्रम घोषणा गरेका हुन् ।

विप्लवले सङ्घर्षका कार्यक्रमहरू कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन कात्तिक, २६ गते प्रचार / प्रसार र साँझ मशाल जुलुस कात्तिक, २७ गते देशव्यापी प्रदर्शन : दिउँसो १ बजेदेखि २ बजेसम्म १ घन्टा कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घन्टा चक्का जाम कात्तिक, २९ गते दिउँसो सिट्ठी जुलुस, साँझ मशाल जुलुस कात्तिक, ३० गते नेपाल बन्दका कार्यक्रमहरू घोषणा गरेका हुन्।

रु. ४७ मा आयात गरिने पेट्रोलियम रु १३३ मा बिक्रि हुँदैछ, विज्ञहरूले मापन गरे अनुसार सबै कर कट्टा गर्दा पनि मुनाफा सहित पेट्रोल रु. ७० मा विक्रि गर्न सकिन्छ । दैनिक रुपमा असुल हुने यो सरकारी लुट कुन प्रयोजनमा लगानी गरिन्छ बिज्ञप्तिमा प्रश्न समेत गरेका छन् ।

हेर्नुहोस् विज्ञप्ति:

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  १ : ३३ बजे