झ्याप्लेखोलाबाट २५ शव निकालियो

एमसीसी फिर्ता लिन बामदेव गौतमको आग्रह

​​​​​​​काठमाडौं – नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले एमसीसी परियोजना फिर्ता लिन नेपाल र अमेरिकी सरकारलाई आग्रह गरेका छन् । 

एमसीसी परियोजनालाई लिएर नेपाली जनमत विभाजित भएको र तत्काल यो संसदबाट अनुमोदन हुन नसक्ने भन्दै गौतमले परियोजना फिर्ता लिन माग गरेका छन् । 

बुधवार विज्ञप्तिमार्फत गौतमले नेपालको संसद र सरकार विशिष्ठ अवस्थाको रहेको भन्दै यो सरकार र संसदवाट एमसीसी अनुमोदन हुन नसक्ने उल्लेख गरेका छन् । 

एमालेका उपाध्यक्ष गौतम पार्टी विभाजनपछि राजीनामा दिएर बसेका छन् । 

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ५ : ५८ बजे