झ्याप्लेखोलाबाट २५ शव निकालियो

माओवादी बैठकः महाधिवेशन काठमाडौंमा गर्ने

काठमाडौं – नेकपा माओवादी केन्द्रले आगामी ११ देखि १३ पुसमा गर्न लागेको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने भएको छ । 

मंगलवार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए । 

उनका अनुसार बैठकले प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको राजीनामा माग्दै वकिल र न्यायाधीशले जारी राखेको आन्दोलनमा पार्टीका तर्फबाट कुनै हस्तक्षेप नगर्ने निर्णय गरेको छ । 

न्यायालयको विवाद आन्तरिक भएको ठहर गरेको बैठकले न्यायालयभित्रैबाट यो समस्याको समाधान हुनुपर्ने भनेको छ । बैठकले संशोधनपछि मात्र एमसीसी पारित गर्नुपर्ने निर्णय गरेको महराले जानकारी दिए । 

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ६ : ०७ बजे