झ्याप्लेखोलाबाट २५ शव निकालियो

एमाले निर्वाचन आयोगका अध्यक्षको मृत्यु

सुर्खेत – नेकपा एमाले कालीकोटका निर्वाचन आयोगका अध्यक्ष प्रेमबहादुर शाहीको मृत्यु भएको छ । कालीकोट खाडाँचक्र नगरपालिका–१ निवासमा उनको शनिबार राति मृत्यु भएको हो । 

लामो समयदेखि बिरामी रहेका उनी घरैमा आराम गरिरहेका थिए । पूर्व गाविससचिव समेत रहेका शाही नेकपा एमालेबाट खाडाँचक्र नगरपालिका–१ मा वडा सदस्यमा विजयी भएका थिए । 

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  २ : ३२ बजे