झ्याप्लेखोलाबाट २५ शव निकालियो

एमसीसी पारीत गर्न चिठ्ठी लेखेको छैनः प्रचण्ड

काठमाडौंः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारीतका लागि चिठ्ठी नलेखेको बताएका छन् । ललितपुरको खुमलटारस्थित देउसीभैलो टोलीलाई सम्बोधन गर्दै शुक्रबार दाहालले यस्तो बताएका हुन् ।

‘राष्ट्रिय सहमति नबनाई एमसीसी पारित गर्न सकिदैन । समय थप्नका लागि चिठ्ठी लेखीएको हो,’ दाहालले भने, ‘एमसीसी पारित गर्छौं भनेर चिठ्ठी लेखेका होइनौं । ‘सबै दलहरुसँग छलफल गरेर मात्र निर्णय गर्न सकिन्छ ।’ 
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार प्रचण्ड र आफूले एमसीसी पास गराउँछौं भनेर अमेरिकालाई पत्र पठाइसकेको बताएका थिए ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ७ : ५९ बजे