काठमाडौं – नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल बेहोस भएपछि अस्पताल भर्ना भएका छन् । सोमबार बिहान अचानक बेहोस भएपछि उनलाई सिभिल अस्पताल भर्ना गरिएको हो ।
अहिले उनको होस खुलेको पार्टीका नेता ईश्वर तिमल्सिनाले जानकारी दिएका छन् । उनका अनुसार गजुरेल आफ्नै घरमा बेहाेस भएर लडेपछि अस्पताल ल्याइएकाे र अहिले उनकाे स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।
प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार १ : ०४ बजे
प्रतिक्रिया