झ्याप्लेखोलाबाट २५ शव निकालियो

१० औँ महाधिवेशन स्थलको आफै निरीक्षण गर्दै अध्यक्ष ओली

चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आज पार्टीको १० औँ महाधिवेशन स्थलको निरीक्षण र आवश्यक जानकारी लिनुहुने भएको छ । 

महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते यहाँ हुँदै छ ।

अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र हुने सौराहाका सम्भावित ठाउँको निरीक्षण गर्नुहुने कार्यक्रम रहेको छ । 

उद्घाटन सत्रको टुङ्गो लागे पनि बन्द सत्र होटलमा वा खुल्ला ठाउँमा गर्ने भन्ने विषयमा टुङ्गो लागेको छैन । 

ओलीले आज निरीक्षण गरेसँगै ठाउँको टुङ्गो लाग्ने एमालेका जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो । महाधिवेशनमा दुई हजार हाराहारी प्रतिनिधि हुने उहाँले बताउनुभयो ।

ओली आज काठमाडौँबाट स्थलमार्ग हुँदै चितवन आउँदै हुनुहुन्छ । चितवन आएलगत्तै उद्घाटन स्थलको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ । 

सो पश्चात् नेकपा (एमाले) भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गरेर उहाँ महाधिवेशनको बन्द सत्र हुने सौराहा जाने कार्यक्रम रहेको रावलले जानकारी दिनुभयो । 

दुई दिनको चितवनको बसाइँका क्रममा ओली माडीको अयोध्याधाम र नारायणी नदीमा क्रुजको अवलोकन गर्ने कार्यक्रम छ । 

पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीलाई बाटोका विभिन्न स्थानमा नेकपा एमालेका नेता कार्यकर्ताले स्वागतका कार्यक्रम राखेका छन् । यहाँको बसाइँका क्रममा विभिन्न नेता कार्यकर्ता भेटघाट कार्यक्रम रहेका छन् । 

बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम चरणमा आएर चितवन सारिएको हो । 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ११ : २० बजे