झ्याप्लेखोलाबाट २५ शव निकालियो

देउवाले नेपालको बेइजत गर्ने काम गरे : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान नगरी प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा गएर राष्ट्रकै बेइजत गर्ने काम गरेको बताउनुभएको छ । 
पूर्वराष्ट्रपति यादवले  ‘विपी विचार, नीति र व्यवहार’ नामक पुस्तकको विमोचन गर्नुहँदै  न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर न्यायालयमा देखिएको समस्या समाधान गर्नु पर्नेमा सरकारले त्यो नगरेर उल्टै तामझामपुर्ण भ्रमणमा निस्किनुले राष्ट्रकै बेइजत भएको बताउनुभएको हो । 

सरकार देशको प्रतिनिधि हो । ट्रयाक टू डिप्लोमेसीबाट न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर ती समस्यालाई हल गर्नु पर्दैन ? कानुनमन्त्री जसले ल्याण्ड गर्न सक्दैन ? आज संसारको सामून्य न्यायालयको अवस्था यस्तो छ । तर,  प्रधानमन्त्री बेलायत जानु भएको छ । तर आज बेलायतको सामुन्ने संसारसामु न्यायालयको यो अवस्था छ । यस्तो अवस्थामा हामी संसारको सामुने टाउको देखाउन सक्छौं ?’ यादवको प्रश्न थियो । 
 

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ६ : ०८ बजे