झ्याप्लेखोलाबाट २५ शव निकालियो

प्रभु साह एमाले केन्द्रीय समिति बैठकमा सहभागी

काठमाडौं, १२ कात्तिक । नेकपा एमालेको केन्द्रीय समिति बैठकमा प्रभु साह उपस्थित हुनुभएको छ ।  ।  नेता साह शुक्रबार च्यासलमा बसेको केन्द्रीय समिति बैठकमा उपस्थित हुनुभएको हो । 

पछिल्लो समय एमालेसँग साह असन्तुष्ट रहँेको भन्दै  चर्चामा हुनुहुन्थ्यो । 

तर अघिल्लो स्थायी कमिटी बैठकले साहनिकट दुई जना कुन्दन कुशबाहा र मोहम्मद समीरलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनित गर्नुभएको थियो । ती सदस्यहरुले आजको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीबाट सपथ लिइसक्नुभएको छ ।  यहीँ केन्द्रीय कमिटी बैठकमा साह पनि उपस्थित हुनुभएको हो ।

यससँगै उहाँ एमालेमै रहेको स्पष्ट भएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ५ : ०८ बजे