झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

एमाले पालिका अधिवेशन  मोरङका ९ पालिकामा सर्वसम्मत, अन्यमा सहमति जुटाउने प्रयास

विराटनगर । मोरङमा एमालेको ९ पालिकामा नेतृत्व चयन भएको छ । बाँकी पालिकाहरूमा पनि सर्वसम्मत नेतृत्व चयको प्रयास भइरहेको छ ।

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेसनअन्तर्गत मंगलबार देशभर पालिका अधिवेशन भएको थियो । जहाँ गएको कात्तिक ६ गते वडास्तरिय अधिवेशनपछि पालिकाको अधिवेशन भएको हो ।

विराटनगर महानगरपालिका
विराटनगर महानगर कमिटीको अध्यक्षमा सागर थापा सर्वसम्मत चयन भएका छन्। अध्यक्ष पदका अर्का प्रत्यासी पर्शुराम बस्‍नेतले आफ्नो दाबी फिर्ता लिएपछि थापा सर्वसम्मत भएका हुन्। 

महानगर कमिटीको उपाध्यक्षमा शिल्पा निराला कार्की, सचिवमा रोहित कोईराला सर्वसम्मत चयन भएका छन्। सचिव पदका अर्का प्रत्यासी राधेश्याम कट्टेल, मीनकुमार आचार्यले आफ्नो दाबी फिर्ता लिएपछि कोइराला सर्वसम्मत भएका हुन्। महानगरको सहसचिवमा नवराज नेपाल र जयप्रकाश महत्तो सर्वसम्मत चयन भएका छन्। 

मिक्लाजुङ गाउँपालिका
मंगलबार सम्पन्न मिक्लाजुङ गाउँपालिकाको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ ।

बुद्धिमान लिम्बु अध्यक्ष रहेको समितिको उपाध्यक्षमा बृद्धिलाल निरौला, सचिवमा नगिन्द्र कार्की ९नविन०, सहसचिवमा चन्द्र लिम्बु र बबिता ढकाल निर्वाचित भएका छन् ।

केराबारी गाउँपालिका
केराबारी गाउँपालिका कमिटीको अध्यक्षमा पुरण मगर निर्वाचित भएका छन् । यस्तै समितिको उपाध्यक्षमा राकेश राई, सचिवमा भीम कार्की, सहसचिवमा वविता राई र चरण मगर सर्वसम्मत निर्वाचित भएको छन् ।

रतुवामाई नगरपालकिा
रतुवामाईमा पनि देवी दाहालको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी निर्विरोध निर्वाचित भएको छ । दाहाल नेकपा एमाले र माओवादीलाई अदालतले विघटन गरेपछि बनेको नगर कमिटीको अध्यक्ष समेत रहेका थिए ।

यस्तैे उपाध्यक्षमा कृष्ण ढकाल, सचिवमा नेवालाल राजवंशी, सहसचिवमा हरि श्रेष्ठ र हेमु कार्की रहेका छन् ।

रंगेली नगरपालिका
रंगेली नगर कमिटी अध्यक्षमा दलबहादुर बस्नेत, उपाध्यक्षमा जितलाल मण्डल, सचिवमा सन्तलाल खवास, सहसचिवमा यसोदा कोइराला र कृष्ण ठाकुर सर्वसम्मत निर्वाचित भएका छन् ।

पथरी शनिश्चरे नगरपालिका
मंगलबार नै सम्पन्न पथरी शनिश्चरे नगर कमिटीको अध्यक्षमा रमेश दाहाल, उपाध्यक्षमा उमनाथ अधिकारी, सचिवमा भीम राई, सहसचिवमा एलबी भण्डारी र रुक्मणी सर्वसम्मत चयन भएका छन् ।

सुन्दरहरैचा नगरपालिका
सुन्दरहरैचा नगरममिटी अध्यक्षमा मात्रीका ढकाल र सचिवमा सन्तोष घिमिरे सर्वसम्मत निर्वाचित भए । घिमिरे अनेरास्ववियुको केन्द्रीय सदस्य र मोरङ जिल्ला अध्यक्ष समेत हुन् ।

नगरममिटीको उपाध्यक्षमा अकली चौधरी, सहसचिवमा डिल्ली लुइटेल र डिल्ली ढकाल सर्वसम्मत निर्वाचित भएका छन् ।

ग्रामथान गाउँपालिका
ग्रामथान गाउँपालिका कमिटीको अध्यक्षमा कुमार आचार्य, उपाध्यक्षमा अगरवती माझी, सचिवमा सत्यनारायण माझी, सहसचिवमा किसन सरदार र नविन मण्डल सर्वसम्मत चयन भएका छन् ।

कटहरी गाउँपालिका
कटहरी गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । कमिटीको अध्यक्षमा रामनारायण राजवंशी, उपाध्यक्षमा सुमनकुमारी सरदार, सचिवमा मनोज माझी, सहसचिवमा यादव अधिकारी सर्वसम्मत निर्वाचित भएका जनाइएको छ ।

३ पालिकामा सहमति जुटाउने प्रयास
बुढीगंगा गाउँपालिका, कानेपोखरी गाउँपालिका, बेलबारी, नगरपालिकामा भने समय अभावका कारण बन्दसत्र बुधबार विहान १० बजेदेखि सुरु हुने बताइएको छ । अधिवेशनको उद्घाटन सम्पन्न भइसकेका ती पालिका कमिटीहरुको बुधबार हुने बन्दसत्रले नेतृत्व चयन गर्ने एमालेले जनाएको छ ।

बाढी पहिरोको कारण ५ पालिकामा स्थगित

बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोको प्रभाव देखाउँदै एमाले मोरङले यस अघिनै सुनवर्षी, धनपालथान, जहदा, उर्लाबारी र लेटाङको स्थगित गरेको थियो । ती पालिकाहरुमा आगामी कात्तिक १३ गते गाउँ तथा नगर अधिवेशन सम्पन्न हुने जनाइएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  १० : ४२ बजे